बलिउड अभिनेता मिथुन चक्रवर्तीलाई कोरोना संक्रमण



बलिउडका सर्वाधिक चर्चित अभिनेता मिथुन चक्रवर्तीलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पोजेटिभ देखिएपछि यतिबेला मिथुन होम क्वारेन्टाइनमा रहेका छन् ।

भारतीय मिडिया अनुसार कोरोना पोजेटिभ देखिएपनि मिथुनको स्वास्थ्य अवस्था भने सामान्य नै रहेको छ ।

७० वर्षका मिथुनले आफ्नो करियरमा ३ सय ५० बढी फिल्ममा अभिनय गरेका छन् । जसमा हिन्दी, बंगाली, उडिया, भोजपुरी, तमिल, तेलुगु, कन्नड र पञ्जाबी भाषाका छन् ।

प्रतिक्रिया दिनुहोस्