गायक तथा अभिनेता प्रशान्त तामाङलाई मातृशोक



चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङलाई मातृशोक परेको छ । प्रशान्तले आफ्नो आमाको देहावसान भएको जानकारी सामाजिक सञ्जाल मार्फत दिएका हुन् ।

प्रशान्तकी आमाको निधन दार्जलिङस्थित घरमै भएको हो । आमाको निधन कहिले भएको हो यसबारे भने प्रशान्तले केहीपनि बताएका छैनन् ।

प्रशान्तले नारायण रायमाझीको निर्देशनमा तयार भएको चलचित्र गोर्खा पल्टन बाट अभिनय यात्राको सुरु गरेका थिए । उनलाई दर्शकले गायकको रुपमा मात्र नभएर अभिनेताको रुपमा पनि उत्तिकै रुचाएका छन् ।

प्रतिक्रिया दिनुहोस्