बलिउड अभिनेता अक्षय कुमारले कोरोना पिडितको लागि गरे १ करोड सहयोग



अक्षय कुमार बलिउडका सर्वाधिक चर्चित अभिनेता हुन् । अभिनयसँगै उनी सामाजिक कार्यमा पनि सक्रिय छन् । अहिले भारतमा कोरोना संक्रमण दिनप्रतिदिन बढ्दो छ । यस्तोमा भारत सरकारले धेरै क्षेत्रमा पुनः एकपटक लकडाउन गरिसकेको छ ।

यसैबिच अभिनेता अक्षय कुमारले कोरोना पिडितका लागि एक करोड सहयोग गरेका छन् । अक्षय कोरोना पिडितको लागि खाना, औषधी र अक्सिजनको लागि सहयोग गरेका हुन् ।

अक्षयको सहयोगबारे पूर्वी दिल्लीका सांसद गौतम गम्भीरले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका हुन् । यसअघि कोरोनाको महामारी फैलिदाँ पनि अक्षयले २५ करोड सहयोग गरेका थिए । अक्षयले यो मुश्किल समयमा समस्यामा परेकाहरुलाई आफूले सकेको सहयोग गर्न पाउँदा निकै नै खुसी लागेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्