प्रधानमन्त्री ओलीलाई गौरीको प्रश्न : ‘धरहरा त उठ्यो, नेपालीको जीवनस्तर कहिले उठ्छ’ ?



नायिका गौरी मल्ल बेला बेलामा सामाजिक सञ्जालमा आफ्नो मनमा लागेका कुरा स्टाटस मार्फत पोख्ने गर्छिन् । हिजोमात्र प्रधानमन्त्री केपी शर्मा ओलीले पूननिर्माण भएको धरहराको उद्घाटन गरेका थिए । यसबारे खुसी व्यक्त गर्दै गौरीले गुनासो पनि पोखेकी छिन् ।

गौरीले पटक पटक ढलेर पनि धरहरा उठेको देख्दा आफूलाई निकै खुसी लागेको तर यसैगरी नेपालीको जीवनस्तर कहिले उठ्छ भन्दै सरकारलाई प्रश्न पनि गरेकी छिन् ।

गौरीले धरहरा उठेको प्रसंग कोट्याउँदै लेखेकी छिन्–‘लाग्छ यो पटक धरहराले बलियो बनोट पाएको छ । सानका साथ पुनः एक पटक आफ्नो शिर ठाडो बनाउन समक्ष बन्यो । धरहरा त उठ्यो र पनि मेरो ओठमा गर्वको मुस्कान छैन । धरहराले जस्तै मेरो देशले कहिले उठ्न पाउने ? मेरा देशवासीले पनि धरहराको जस्तै बलियो जग भएको जीवनस्टर कहिले पाउने ? हरेक कोणबाट गिराइसकिएको मेरो देशले शानले फेरि कहिले शिर उठाउन पाउने । धरहराले जस्तै । हो, धरहरा त उठ्यो तर हामी कहिले उठ्ने?

प्रतिक्रिया दिनुहोस्