प्रकाशको ‘मेरो पनि हैन र यो देश’ ? सार्वजनिक



प्रकाश सपूत युवापुस्तामाझ सर्वाधिक लोकप्रिय गायक हुन् । उनलाई हरेक वर्ग समूहका दर्शकले रुचाउने गरेका छन् । प्रकाशले हरेक पटक फरक प्रस्तुती लिएर दर्शकमाझ आउने गरेका छन् । अहिले भर्खरै पनि प्रकाशको नयाँ गीत रिलिज भएको छ ।

प्रकाश सपूतकै शब्द र संगीत रहेको मेरो पनि हैन र यो देश? बोलको गीतमा आवाज पनि प्रकाश सपूतकै रहेको छ । प्रकाशले गीतमा देशप्रतिको प्रेम देखाउन खोजेका छन् । गीत रिलिज भएको केही समयमा नै दर्शकले निकै नै रुचाइरहेका छन् ।

गीत हेर्ने अधिकांश दर्शकले गीतले मन छोएको प्रतिक्रिया दिइरहेका छन् । दर्शकबाट पाएको प्रतिक्रियाबाट प्रकाश पनि खुसी देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्