केकी अधिकारीलाई कोरोना संक्रमण



नायिका केकी अधिकारीमा कोरोना संक्रमण पुष्टि भएको छ । केकीलाई कोरोना पोजेटिभ देखिने बित्तिकै हिजोबाट छायांकन जाने भनिएको चलचित्र घिन्ताङ को छायांकन नै रोकिएको छ ।

पहिलो पटक टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएपछि केकीले विश्वास नलागेर दोस्रो पटक टेष्ट गरेकी थिइन् । तर दोस्रो पटक पनि केकीको रिपोर्ट पोजेटिभ नै आयो । कोरोना पोजेटिभ देखिएसँगै यतिबेला केकी होम क्वारेन्टाइनमा छिन् ।

केकी ठिक भएर आइसकेपछि चलचित्रको छायांकन सुरु गरिने चलचित्रका निर्देशक दिपक श्रेष्ठले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्