शिल्पाको उजुरीपछि बन्द भए एपिवान बाट प्रशारणमा आउने प्रकाशका दुवै कार्यक्रम



प्रकाश सुवेदी पछिल्लो समयमा विवादमा तानिरहेका छन् । नायिकाहरुबारे गर्ने गरेका टिकाटिप्पणीका कारण उनी आलोचित भैरहेका छन् । तर प्रकाशले यो कुराले खासै असर पारेको देखिदैँन । केहीदिन देखि उनी फेरि विवादमा छन् ।

प्रकाश सुवेदीले एपिवान टेलिभिजनमा चलाउँदै आएको दुई चर्चित कार्यक्रम ‘ग्ल्यामर गफ’ र ‘रजत पट’ को प्रशारण बन्द गरिएको छ । केही समयअघि मात्र अभिनेत्री शिल्पा पोखरेलले आफ्नो चरित्र हत्या भएको भन्दै कार्यक्रम विरुद्ध टेलिभिजनमा उजुरी दिएपछि टेलिभिजनले छानबिनका लागि अहिलेलाई दुबै कार्यक्रममा स्थगित गरेको एपिवान टेलिभिजनका निर्देशक सुरेश पौडेलले बताए ।

तर प्रकाशलाई यो विवादको कुनै मतलब नै छैन । उनी आफ्नो हातमा अन्य कार्यक्रम भएकाले यी दुई शो बन्द हुदैँमा आफूलाई केही फरक नपर्ने बताउँछन् । उनलाई हालसम्म एपिवान च्यानलबाट कुनैपनि आधिकारीक जानकारी आएको छैन ।

आफूले शो छोडेको कुरा उनले मिडिया मार्फत नै थाहा पाएका हुन् । प्रकाशका यी दुई शो सधैँको लागि भने बन्द भएका होइनन् । यो विवाद साम्य भएपछि उनका शोहरु पुनः प्रशारणमा आउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्