थप ८ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि, ५ को मृत्यु



पछिल्लो २४ घण्टामा थप ८ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा जम्मा कोरोना संक्रमितको संख्या २ लाख ८३ हजार ६ सय ५८ पुगेको छ ।

यस्तै बितेको २४ घण्टामा २ सय २६ जनाले कोरोना जितेसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ७५ हजार ३८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार बितेको २४ घण्टामा थप ५ जनाले कोरोनाका कारण ज्यान गुमाएसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ हजार ७५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्