यी बलिउड कलाकार, जसलाई साइन गरेको फिल्मबाट रातारात निकालियो…



बलिउड इन्डष्ट्रि ठूलो छ । इन्डष्ट्रि ठूलो भएका कारण इन्डष्ट्रिमा काम गर्ने कलाकारहरु पनि धेरै रहेका छन् । को कतिबेला हिट हुन्छन् र कतिबेला सडकमा आइपुग्छन् पत्तो नै हुदैँन । बलिउडमा यस्ता नाम चलेका कलाकार पनि छन्, जो अनुबन्धित भैसकेको चलचित्रबाट निकालिएका छन् ।

यसको जल्दोबल्दो उदाहरणको रुपमा कार्तिक आर्यनलाई लिन सकिन्छ । कार्तिक आर्यनले चलचित्र दोस्ताना २ को २० दिनसम्म छायांकन गरेका थिए । तर २० दिनपछि उनलाई चलचित्रबाट निकालियो । दोस्ताना २ छोडेपछि कार्तिक र करण जोहरबिचको सम्बन्ध बिग्रिएको पनि हल्ला छ ।

यस्तै सर्वाधिक हिट भएको चलचित्र कबिर सिंह मा मुख्य नायिकाको रुपमा देखिएकी कियारा अडवाणी चलचित्रको पहिलो रोजाई थिइनन् । सुरुमा कबिर सिंह को लागि तारा सुतरिया फाइनल भएकी थिइन् । तर उनलाई चलचित्रबाट निकालियो ।

रानी मुखर्जी र शाहरुख खानको मुख्य भूमिका रहेको चलचित्र चल्ते चल्ते मा रानीभन्दा पहिले ऐश्वर्या फाइनल भएकी थिइन् । तर त्यसबेला नै उनको सलमानसँग ब्रेकअप भएका कारण उनले फिल्ममा काम गर्न सकिनन् ।

ऋतिक रोशन र अमिषा पटेलको मुख्य भूमिका रहेको चलचित्र कहो ना प्यार हे मा पनि पहिले करिना कपुर फाइनल भएकी थिइनन् तर उनले फिल्ममा काम गरिनन् ।

दिवंगत अभिनेता सुशान्त सिंह राजपूत र कृति सेननको फिल्म ‘राब्ता’ हिट त भएन तर निकै चर्चामा रह्यो । उक्त फिल्ममा अभिनेत्रीको रुपमा आलिया भट्टलाई अफर गरिएको थियो तर आलिया फिल्ममा काम गर्न असमर्थ भइन् ।

ऐश्वर्या राय र ऋतिक रोशको फिल्म ‘जोधा अकबर’ मा रणबीर कपूर अभिनेताको रुपमा थिए तर उनलाई रातारात फिल्मबाट निकालियो ।

यस्तै श्रद्धा कपुर र अर्जुन कपुरको मुख्य भूमिका रहेको चलचित्र हाफ गर्लफ्रेण्ड मा पनि पहिले सुशान्त सिंह राजपुत रहने कुरा थियो । तर अन्तिममा अर्जुनले नै चलचित्रमा काम गरे ।

प्रतिक्रिया दिनुहोस्