‘द भ्वाइस’ को स्टेजमा देखिए क्याप्टेन विजय लामा, कुन कोचलाई रोज्लान् त ?



विजय लामा चर्चित कलाकार त हुन् नै । त्यसका साथै उनी क्याप्टेन पनि हुन् । विजय लामाको प्रशंसा जताततै हुने गरेको छ । धेरैले उनलाई एउटा असल व्यक्तिको रुपमा चिनेका छन् । उनै विजयले आफ्ना फ्यानलाई चकित बनाइदिएका छन् ।

यतिबेला द भ्वाइस अफ नेपाल सिजन ३ को ब्लाइन्ड अडिसन चलिरहेको छ । द भ्वाइस को आज प्रशारण हुने एपिसोडमा दर्शक चकित परेका छन् । क्याप्टेन र कलाकारको रुपमा मात्र चिनिएका विजय लामालाई दर्शकले अब गायकको रुपमा पनि देख्न पाउने भएका छन् ।

आज द भ्वाइस को अडिसनमा विजय लामालाई देख्न सकिनेछ । उनले गाएका साँझ परेपछि को प्रस्तुतीले दर्शकको मन जित्नेछ । विजयले ३ जना कोचहरुलाई फर्काउन सफल भएको हामीले प्रोमोमा देख्न सक्छौ । दर्शक विजयलाई भ्वाइस मा हेर्नको लागि निकै नै आतुर छन् । अब विजय कुन कोचसँग जाने हुन् त्यो भने हेर्न बाकिँ नै छ ।

प्रतिक्रिया दिनुहोस्