आमा बन्दै नायिका गरिमा पन्त



कुनै समयकी सर्वाधिक चर्चित नायिका गरिमा पन्त आमा बन्ने भएकी छिन् । गरिमाले हालैमात्र बेबी बम्प सहितको तस्बिर सेयर गर्दै आफू आमा बन्न लागेको जानकारी दिएकी हुन् । उनले श्रृष्टिबाट श्रृष्टिकर्ता । जीवनको अर्को सुन्दर अध्यायमा प्रवेश… भन्दै स्टाटस लेखेकी छिन् ।

गरिमा आमा बन्न लागेको खबर बाहिरिएपछि यतिबेला उनलाई सामाजिक सञ्जालमा बधाई दिनेको ओइरो नै लागेको छ । यसअघि नायिका प्रियंका कार्की, ऋचा शर्माले पनि आफू आमा बन्न लागेको जानकारी दिएका थिए ।

स्मरण रहोस् नायिका गरिमा पन्तले केही बर्ष अघि बेल्जियमा बस्दै आएका हरि थपलियासँग ववाह गरेकी थिइन् । विवाहपछि उनी बेल्जियममा नै बस्दै आएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्