बधाई छ ! आमा बन्दै नायिका ऋचा शर्मा



नेपाली सिने जगतकी चर्चित नायिका ऋचा शर्मा आमा बन्ने भएकी छिन् । यो खुसीको खबर स्वयम ऋचाले नै सामाजिक सञ्जालमार्फत दिएकी छिन् । आज नयाँ बर्षको अवसर पारेर सामाजिक सञ्जालमा एक तस्बिर सेयर गर्दै उनले आमा बन्न लागेको जानकारी दिएकी हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, “आमाले भन्नु हुन्थ्यो आफ्नो सन्तान भएपछि थाह पाउछस। आज त्यही कुरा स्मरणमा आइरहेको छ । एउटा जीवनलाई आफ्नो गर्भमा हुर्काउने सौभाग्य पाउँदा, आज शब्दमा आफ्नो भावनाहरु पोख्न सकिरहेको छैन। आज आफ्नो धड़कन भन्दा कोही अरुको धड़कन म भित्र प्यारो आभास भईरहेको छ। आज तपाईंहरु माँझ यो ख़ुशी बाँडन पाउदा सम्पूर्ण महसुश भईरहेको छ। एउटा जीवनलाई स्वरुप दिएर जीवन्त बनाउन पाउनु सायद साच्चै नै सौभाग्यको कुरा हो। त्यही प्यारो जीवनको स्वागत गर्दै घरको दैलोमा म र मेरो श्रीमानले यो सजीवनको रुख रोप्दैछौ। यो नयाँ जीवनको आगमन र यो रुखको अटूट साथ सधै बनिरहोस भन्ने तपाईहरू सम्पूर्णको आशीर्वादको अपेक्षा गर्दछु। मेरी आमा पनि पर क्षितिज बाट भन्दै हुनुहुन्छ होला, “छोरी आज ठुली भई।”

ऋचाको यो पोष्टपछि सामाजिक सञ्जालमा उनलाई बधाई दिनेको ओइरो नै लागेको छ । ऋचाले आफ्ना फ्यानमाझ आफ्नो खुसी साट्न पाउँदा असाध्यै खुसी लागेको समेत बताएकी छिन् । उनले आफ्नो खुसी व्यक्त गर्नुको साथै सबैलाई नयाँ बर्षको शुभकामना पनि दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्