जयाले फिल्म सेटमै चड्काएकी थिइन् रेखाको गाला, यस्तो थियो कारण…



बलिउडका बहुचर्चित अभिनेता अमिताभ बच्चनकी श्रीमती तथा बलिउडकी चर्चित कलाकार जया बच्चन आज आफ्नो ७३ औँ जन्मदिन मनाइरहेकी छिन् । आज जयाको जन्मदिन भएकाले उनको जीवनको केही रोचक घटनाबारे चर्चा भैरहेको छ ।

जयाले १५ बर्षको सानो उमेरदेखि नै आफ्नो अभिनय यात्रा सुरु गरेकी थिइन् । ७०–८० दशककी त उनी नाम कहलिएकी अभिनेत्री नै हुन् । करियर त आफ्नो ठाउँमा छ नै त्यसका साथै उनी आफ्नो निजी जीवनका कारण पनि धेरै चर्चामा आइरहेकी हुन्छिन् ।

सबैलाई थाहा नै छ कुनै समयमा बलिउडमा अमिताभ र रेखाको प्रेमको खुबै चर्चा चलेको थियो । यतिसम्म भनिन्छ कि एक समय रेखा र अमिताभ एकअर्काको मायामा पागल नै भएका थियो । यो कुरा जयाको कानसम्म पुग्यो र उनले सहन सकिनन् ।

एकदिन रेखा र अमिताभको एक चलचित्रको सुटिङको भैरहेको ठाउँमा जया पुगिन् । उनले अमिताभ र रेखालाई सँगै गफ गरिरहेको देखेपछि उनलाई असह्य भयो र उनले सबैको अगाडि रेखालाई थप्पड हानिन् । अमिताभ त्यसबेला केही नबोली त्यहाँबाट निस्किए । यतिसम्म भनिन्छ कि जयाले रेखालाई फिल्मबाट निकाल्नेसम्म कोशिस गरेकी थिइन्, तर सकिनन् ।

प्रतिक्रिया दिनुहोस्