‘कपिल शर्मा शो’ का कलाकारले हरेक एपिसोडको लागि लिन्छन् यतिधेरै पारिश्रमिक, हेरौँ कसको पारिश्रमिक कति ?



सोनी टेलिभिजनबाट प्रशारण आउने गरेको द कपिल शर्मा शो दर्शकमाझ सर्वाधिक लोकप्रिय शो हो । कपिल शर्मा शो नहेर्ने र मन नपराउने दर्शक कोहीपनि छैनन् होला । कपिल शर्मा शो लाई किङ्ग अफ कमेडी भनेर चिनिने हाँस्य कलाकार कपिल शर्माले होष्ट गर्ने गरेका छन् । कपिल शर्मा शो दर्शकमाझ जति लोकप्रिय छ, त्यति नै यस शो का कलाकारहरु दर्शकमाझ लोकप्रिय छन् ।

धेरैले बारम्बार जान्न चाहिरहेका छन् कि कपिल शर्मा शो का कलाकारहरुले एक एपिसोड बराबर कति पारिश्रमिक लिन्छन् त ? आज हामी त्यसैबारे चर्चा गर्नेछौँ ।

कपिल शर्मा : कपिल कपिल शर्मा शो का होष्ट हुन् । शो को स्क्रिप्ट पनि उनले नै लेख्ने गरेका छन् । भारतीय मिडिया अनुसार कपिलले कपिल शर्मा शो को एक एपिसोड गरेबापत ३० देखि ३५ लाखसम्म लिने गरेका छन् । तर अब कपिल शर्मा शो को दोस्रो सिजनमा उनले आफ्नो पारिश्रमिक बढाउन लागेको बुझिएको छ । प्राप्त जानकारी अनुसार अब उनले एक एपिसोड गरेबापत ५० लाख पारिश्रमिक लिने भएका छन् ।

अर्चना पूरण सिंह : अर्चना पूरण सिंह कपिल शर्मा शोकी मुख्य आकर्षक हुन् । शोमा उनको स्थान उच्च छ । उनले नवजोत सिंह सिद्धूलाई रिप्लेस गरेकी हुन् । अर्चना पनि बीच–बीचमा आफ्ना प्रशंसकलाई आफ्नो ठट्टाले निकै हसाउँछिन् । उनलाई हरेक एपिसोडका लागि १० लाख भारु दिइन्छ ।

कृष्णा अभिषेक : कृष्णा अभिषेक कपिल शर्मा शो का सर्वाधिक लोकप्रिय कलाकार हुन् । उनी कपिल शर्मा शो मा सपना नामको क्यारेक्टरको लागि फेमस छन् । उनले एक एपिसोड बराबर १० देखि १२ लाखसम्म लिने गरेका छन् ।

भारती सिंह : क्वीन अफ कमेडीको रुपमा परिचित कलाकार भारती सिंह कपिल शर्मा शो की आधा अंग हुन् भन्दा फरक नपर्ला । उनी शो मा आएपछि दर्शक त्यसै हाँस्ने गरेका छन् । भारतीले कपिल शर्मा शो को एक एपिसोड बापत १० देखि १२ लाखसम्म पाउने गरेकी छिन् ।

किकू शारदा : बच्चा यादव, बम्पर जस्ता क्यारेक्टर निभाएर लामो समयदेखि दर्शकलाई हसाउँदै आएका किकू सारदाले कपिल शर्मा शो को एक एपिसोड गरेबापत ५ लाख पाउने गरेका छन् ।

चन्दन प्रभाकर : कपिल शर्मा शो मा चन्दु चायवाला को क्यारेक्टरले फेसम कलाकार चन्दन प्रभाकर शो का महत्वपूर्ण कलाकार हुन् । उनले दर्शकलाई निकै हसाँउने गरेका छन् । उनले हरेक एपिसोडका लागि ७ लाख लिने गरेका छन् ।

सुमोना चक्रवर्ती : सुमोना चक्रवर्ती ती पात्र हुन् जसलाई कपिल शर्माले सबैभन्दा धेरै मजाक उडाउँछन् । यहि कारण कार्यक्रमलाई महिलावादी विचारधारा भएका मानिसहरुले ट्रोल गर्ने गर्छन् । सुमोनाले यो शोको प्रत्येक एपिसोडका लागि ६–७ लाख पाउने गर्छिन् ।

प्रतिक्रिया दिनुहोस्