थप ३ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि, १ को मृत्यु



पछिल्लो २४ घण्टामा थप ३ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा जम्मा कोरोना संक्रमितको संख्या २ लाख ७९ हजार ७२५ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ सय ५१ जनाले कोरोना जितेसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ७३ हजार ८ सय ७६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १ जनाको कोरोनाको कारण ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ हजार ३९ पुगेको छ ।

हाल नेपालमा २ हजार ८ सय सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्