मिसेज वर्ल्डले खोसिन् मिसेज श्रीलंकाले जितेको ताज, त्यसपछि यतिसम्म भयो…



यतिबेला सामाजिक सञ्जालमा श्रीलङ्कामा भएको सौन्दर्य प्रतियोगिताका बेला विजेताको विषयमा भएको विवादले निकै नै चर्चा पाइरहेको छ । विवाद चर्कदै गएपछि कोलोम्बो प्रहरीले वर्तमान मिसेज वर्ल्डलाइ पक्राउ गरेको छ ।

मिसेज वल्र्ड क्यारोलिन जुरीमाथि उनले विजेताको टाउकोबाट जबरजस्ती ताज निकाल्ने कोसिस गरेको आरोप लागेको छ । उनको प्रहारबाट मिसेज श्रीलंकाको टाउकोमा गम्भीर चोट समेत लागेको छ ।

स्मरण रहोस्, आइतबार भएको प्रतियोगितामा क्यारोलिन जुरीले मिसेज श्रीलङ्का छानेपछि पुष्पिका डी सिल्वाको टाउकोबाट बिजेताको ताजमाथि झम्टेर निकाल्ने कोसिस गरेकी थिइन् । जुरी अघिल्लो वर्षकी मिसेज श्रीलङ्का पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्