‘माइतीघर २’ मा अनमोल फाइनल, को होलिन् त अनमोलकी नायिका ?



माइतीघर सवाधिक सफल भएको चलचित्र हो । लामो समयपछि माइतीघर को सिक्वेलको रुपमा माइतीघर २ निर्माण हुनेछ । अभिनेता, निर्मात तथा निर्देशक भुवन केसीले माइतीघर २ बनाउन लागेका हुन् ।

यो चलचित्र अनमोलको होम प्रोडक्सनमा बन्नेछ । चलचित्रमा मुख्य भूमिकामा अनमोल केसी नै देखिनेछन् । अनमोल बाहेक अरु कुनैपनि कलाकार फाइनल भएका छैनन् । यतिबेला भुवन चलचित्र पारस को स्क्रिप्टको काममा व्यस्त छन् । पारस को काम सक्किने बित्तिकै उनले आफ्नो समय माइतीघर २ लाई दिनेछन् ।

‘फिल्म ‘पारस’ र ‘माइतीघर २’ आफ्नै ब्यानरबाट निर्माणको तयारी गरेको छु’ अभिनेता भुवनले भने ‘दुइटै फिल्ममा हिरो अनमोल रहनेछन् ।’ कुन फिल्म पहिले बन्ने त्यो अहिले तय नभएको बताएका भुवनले दुबै फिल्मको काम भैरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्