२०२१ मा बिहे गर्ने योजनामा यी बलिउड सेलिब्रेटी !



कोरोनाका कारण सन् २०२० सबैको लागि सकसपूर्ण रह्यो । आफूले योजना बनाए अनुसार कसैले पनि काम गर्न सकेनन् । धेरै बलिउड सेलिब्रेटीहरुले २०२० मा विवाह गर्ने योजना बुनेका थिए । तर कोरोनाका कारण योजना सफल हुन सकेन ।

अब २०२० मा अधुरै रहेको विवाहलाई धेरै बलिउड सेलिब्रेटीले २०२१ मा पुरा गर्ने भएका छन् । पछिल्लो समयमा सर्वाधिक चर्चामा रहेका जोडी रणवीर कपुर र आलिया भट्टले २०२० मा बिहे गर्ने योजना रहेको बताएका थिए । तर कोरोनाका कारण हुन सकेन । उनीहरुले २०२१ मा आफ्नो विवाह हुने सम्भावना प्रवल रहेको बताएका छन् ।

यस्तै अर्का जोडी हुन् अर्जुन कपुर र मलाइका अरोरा । यी दुइ विगत २ बर्षदेखि प्रेममा छन् । यी दुईले पनि सन् २०२० मा नै विवाह गर्ने बताएका थिए । तर अब उनीहरुले २०२१ मा बिहे गर्ने सोच रहेको बताएका छन् । बिहे हुन्छ वा हुदैँन त्यसको टुंगो भने छैन ।

यी लगायत सुष्मिता सेन र कता कता टाइगरले पनि प्रेमिका दिशासँग बिहे गर्ने खबर आइरहेको छ तर टाइगर र दिशा दुवैले यसबारे कुनैपनि जानकारी भने दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्