फ्यानले महंगो मोबाइल फोन उपहार दिएपछि खुसी हुदैँ राखीले फ्यानलाई दिइन् चुम्बन…



बलिउडकी सर्वाधिक चर्चित तथा कन्ट्रोभर्सियल मोडल राखी सावन्त केही समयअघि बिगबोस सिजन १४ मा देखिएकी थिइन् । त्यसपछि उनको चर्चा धेरै नै चुलिएको छ । सधैँ विवादमा आइरहने राखीले बिगबोस मार्फत एकपटक फेरि दर्शकको मन जितिन् र उनको फ्यान फलोइङ पनि बढ्यो ।

उनै राखीले हालैमात्र आफ्ना एक फ्यानबाट महंगो मोबाइल फोन उपहार स्वरुप पाएकी छिन् । उक्त फोन पाएर राखी असाध्यै खुसी छिन् । उनले आफ्नो खुसी सामाजिक सञ्जालमा सेयर गरेकी छिन् ।

उनले एक भिडियो सेयर गर्दै आफ्नो लागि यति महंगो गिफ्ट दिने फ्यानलाई धन्यवाद दिएकी छिन् । राखीलाई फोन अरु कसैले नभएर उनकी एक सानी बच्ची फ्यानले दिएकी हुन् । उक्त मोबाइल फोनको मूल्य भारु डेढ लाख भएको बताइएको छ ।

गिफ्ट खोलेपछि उनले उनको ती बच्चीको गालामा चुम्बन समेत गरेकी छन् । राखीको यो भिडियो इन्टरनेटमा भाइरल भएको छ । फ्यानले राखीलाई नयाँ फोनका लागि बधाई समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्