४१ हजारको मास्क लगाउँदै करीनाले भनिन्, ‘मास्क बिना बाहिर ननिस्कनुहोस्’



भारतमा पछिल्लो दिनमा कोरोना संक्रमण निकै नै बढिरहेको छ । जसमा विभिन्न बलिउड सेलिब्रेटी परेका छन् । भारतमा दोस्रो लहरको कोरोना सुरु भएसँगै अक्षय कुमार, गोविन्दा, भूमि पेड्नेकर, आलिया भट्ट, रणवीर कपुर, विक्की कौशल लगायतका कलाकार कोरोना संक्रमित भैसकेका छन् ।

यसैबिच नायिका करीना कपुरले पनि सबैलाई बिना मास्क बाहिर कुनै पनि हालतमा ननिस्कन आग्रह गरेकी छिन् । यसमा चर्चाको विषय के बनेको छ भने करीनाले सामाजिक सञ्जालमा मास्क लगाएको एक तस्बिर सेयर गरेकी छिन् ।

उक्त मास्कको नेपाली मूल्य ४१ हजार भएको बताइएको छ । यो कुराले केही प्रशंसक अचम्मित भएका छन् । किनकी हामी एउटा मास्कलाई ४१ हजार तिर्ने सोच्न पनि सक्दैनौँ । करीनाले यो कुनै प्रोप्रोगान्डा नभएकाले सबैले मास्क लगाएर नै बाहिर निस्कन जरुरत भएको बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्