कट्रिना कैफलाई कोरोना संक्रमण



भारतमा एकपटक फेरि कोरोना संक्रमण तिव्र रुपमा बढिरहेको छ । दोस्रो लहरको कोरोनामा बलिउडमा थुप्रै सेलिब्रेटी संक्रमित भएका छन् । केहीसमय अघिमात्र आमिर खान, आलिया भट्ट, रणवीर कपुर, भूमि पेड्नेकर लगायतका कलाकारमा कोरोना संक्रमण पुष्टि भैसकेको छ ।

यसैबिच नायिका कट्रिना कैफमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यो कुराको जानकारी सामाजिक सञ्जालमार्फत स्वयम कट्रिनाले नै दिएकी छिन् । उनले कोरोना पुष्टि भएपछि यतिबेला आफू होम क्वारेन्टाइनमा रहेको र पछिल्लो दिनमा आफूसँग सम्पर्कमा रहेका सबैलाई कोरोना टेष्ट गराउन आग्रह समेत गरेकी छिन् ।

यसका साथै कट्रिनाले आफ्नो शिघ्र स्वास्थ्य लाभको कामना गरिरहेका फ्यानलाई पनि धन्यवाद दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्