‘ह्याप्पी बर्थ डे’ बर्षा सिवाकोटी !



बर्षा सिवाकोटी, नेपाली सिने जगतकी लोकप्रिय नायिका । चलचित्र नाई नभन्नु ल २ बाट नेपाली रजतपटमा हुर्किएकी बर्षा अहिलेकी सर्वाधिक डिमाण्डेड नायिका हुन् । उनी चलचित्रसँगै म्यूजिक भिडियोमा पनि उत्तिकै व्यस्त छिन् ।

आज उनै बर्षाको जन्मदिन रहेको छ । आज बर्षा आफ्नो २८ औँ जन्मदिन मनाइरहेकी छिन् । बर्षाको जन्मदिन भएकाले उनलाई सामाजिक सञ्जालमा चलचित्रकर्मी र फ्यानले जन्मदिनको शुभकामना दिइरहेका छन् ।

जन्मदिनमा बर्षाले नेपाली चलचित्र क्षेत्रबाट आफू खुसी रहेको बताएकी छिन् । उनै बर्षालाई हाम्रो तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना ।

प्रतिक्रिया दिनुहोस्