चर्चित पञ्जाबी गायक लक्कीले गाए ‘फुलबुट्टे सारी’



फुलबुट्टे सारी दर्शकमाझ सर्वाधिक लोकप्रिय गीत हो । केहीसमय अघिमात्र युगान्डाकी गायिका दे क्वाप्टेन वियोन्स फमासीले यो गीत गाएपछि यसको चर्चा एकपटक फेरि चुलिएको थियो । यसैबिच अब फेरि पञ्जाबका सर्वाधिक लोकप्रिय गायक लक्की सिद्धुले यो गीत गाएका छन् ।

लक्कीले गाएको फुलबुट्टे सारीलाई पनि दर्शकले साह्रै मन पराइरहेका छन् । गीतले ४ लाख बढी भ्यूज पाइसकेको छ । यसरी नेपाली गीत विश्वमाझ फैलिनु नेपाली सांगितीक क्षेत्रको लागि निकै नै खुसीको कुरा हो ।

नेपाली दर्शकले यसरी नै अन्य गीतहरु पनि अन्तराष्ट्रिय स्तरमा पुग्न आवश्यक रहेको प्रतिक्रिया दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्