आमा बन्दै प्रियंका



नेपाली सिने जगतका सर्वाधिक लोकप्रिय जोडी आयुष्मान देशराज जोशी र प्रियंका कार्की आमाबुबा बन्ने भएका छन् । यो कुराको जानकारी स्वयम प्रियंका र आयुष्मानले नै सामाजिक सञ्जालमार्फत दिएका हुन् ।

प्रियंकाले बेबी बम्प देखिएको तस्बिर सार्वजनिक गरेसँगै उनका फ्यानहरु अचम्मित भएका छन् । धेरैले भने खुसी पनि व्यक्त गरिरहेका छन् ।

२ बर्षको प्रेमपछि प्रियंका र आयुष्मानले गतबर्षको फागुनमा विवाह गरेका थिए । विवाह गरेको १ बर्ष बितेपछि प्रियंका आमा बन्न लागेकी हुन् । प्रियंका र आयुष्मानलाई यतिबेला बधाई दिनेको ओइरो नै लागेको छ । हाम्रो तर्फबाट पनि प्रियंका र आयुष्मानलाई धेरै धेरै बधाई ।

प्रतिक्रिया दिनुहोस्