होलीको रंगमा रंगिदै कलाकार (फोटो फिचर)



आज हिमाली तथा पहाडी क्षेत्रमा फागू पूर्णमा अर्थात होली मनाइदैँ छ । पहिलेदेखि नै होली विशेष पर्वको रुपमा मनाइदैँ आइएको छ । होली मेलमिलाप र आपसी सद्भावको पर्वको रुपमा लिइन्छ । होलीको दिन एकअर्कालाई रङ लगाउने र लोला छ्याप्ने पनि गरिन्छ ।

कोरोनाका महामारीका कारण गतबर्षको होली सबैले त्यति विशेष रुपमा मनाउन पाएनन् । यसबर्ष पनि कोरोनाका त्रासका कारण होली सामान्य नै मनाइदैँ छ । स्वास्थ्य मन्त्रालयले घरमै परिवारसँग मात्र होली खेल्न अनुरोध गरिरहाँ सबैले सभ्य भएर घरमै बसेर होली खेरिरहेका छन् ।

कोरोनाका क्रासका कारण नेपाली चलचित्र जगतका कलाकारहरुले यसपालीको होली घरमै बसेर मनाएका छन् । अभिनेत्री सञ्चिता लुईटेलले बिहानै घरको छतमा श्रीमान निखिल उप्रेती र छोरा–छोरीसँग होली मनाएका तस्विरहरु सामाजिक सञ्जालमा शेयर गरेकी छन् । परिवारसँग होली मनाउन पाउँदा निखिल पनि खुसी देखिएका छन् । उनीसँग सञ्चिताले रोमान्टिक पोजमा एक तस्विर समेत खिचाएकी छन् ।

अभिनेत्री रेखा थापाले पनि आमासँग अपार्टमेन्टमा होली मनाएकी छन् । होलीको रंगमा रंगिएका तस्विरहरु फेसबुकमा पोस्ट गर्दै उनले सबैको जीवनले डर र चिन्ताबाट मुक्ति पाओस् भन्दै होलीको शुभकामना दिएकी छन् । अघिल्ला वर्षहरुमा फिल्मकर्मीहरुले आयोजना गर्ने होली कार्यक्रममा सहभागी हुन उनलाई भ्याइनभ्याइ हुन्थ्यो । तर, यस वर्ष उनको होली घरमै सीमित भएको छ ।

यस्तै अभिनेत्री करिश्मा मानन्धर, झरना थापाले पनि परिवारसँग बसेर होली मनाइरहेका छन् ।

त्यसबाहेक गत वर्ष विवाह बन्धनमा बाँधिएका अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले एकअर्कालाई रंग दलेर होलीको खुसी साटेका छन् । अभिनेत्रीहरु नम्रता सापकोटा, नीता ढुंगाना, एलिजा गौतम, आँचल शर्मा, सुष्मा कार्की, पूजा शर्मा, वर्षा सिवाकोटी लगायतका कलाकारले पनि घरमै बसेर होली मनाएका तस्विरहरु सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्