
टेलिभिजन दुनियाकी सर्वाधिक चर्चित अभिनेत्री रश्मी देसाई बेला बेलामा आफ्नो बोल्ड तस्बिरका कारण चर्चामा आइरहेकी हुन्छिन् । हालैमात्र पनि सामाजिक सञ्जालमा उनले आफ्ना केही बोल्ड तस्बिर सेयर गरेकी छिन् । जसले सामाजिक सञ्जालमा तहल्का मच्चाइरहेको छ ।
तस्बिरमा उनको पहिरन निकै नै ओमन देखिएको छ । उनको यो तस्बिरमा अनेक खालका प्रतिक्रिया आइरहेका छन् । कसैले रश्मीलाई सुहाएको प्रतिक्रिया दिइरहेका छन् भने कत्तिले रश्मीको पहिरन निकै ओमन भएको भन्दै असन्तुष्ट जनाएका छन् । रश्मी पहिरनका कारण चर्चामा आएको यो पहिलो पटक भने होइन । यसअघि पनि बेला बेलामा उनी पहिरनका कारण चर्चामा आइरहेकी थिइन् ।
रश्मीले उत्तरन, दिल से दिल तक, नागिन ४ जस्ता चर्चित सिरियलमा काम गरेकी छिन् भने बिगबोस सिजन १३ मा पनि उनी सहभागी भएकी थिइन् । बिगबोस पछि उनको चर्चा थप चुलिएको थियो ।





