मलाइकाले रेष्टुरेन्टको बाथरुमबाट निस्किएर पाइन्ट माथि सार्न बिर्सिएपछि यस्तो भयो…



बलिउडकी चर्चित आइटम गर्ल तथा नायिका मलाइका अरोरा बेला बेलामा चर्चामा आइरहेकी हुन्छिन् । कहिले ब्वाईफ्रेण्ड अर्जुन कपुरका कारण त कहिले बोल्ड तस्बिरका कारण उनको चर्चा भैरहेको हुन्छ । मलाइका सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनी आफ्ना फ्यानसँग बेला बेलामा मनको कुरा सेयर गर्ने गर्छिन् ।

यसैबिच उनले आफ्नो जीवनको रमाइलो किस्सा हालैमात्र आफ्ना फ्यानहरुमाझ सेयर गरेकी छिन् । मलाइकाले लेखेकी छिन्, ‘हामी सबै पागल भइसकेका छौं । एकपटक एउटा रेष्टुरेन्टको बाथरुममा गएकी थिएँ । मैले कुहिनोले बाथरुमको ढोका खोलेँ । मैले आफ्नो खुट्टाले टोयलेटको सीट उठाएँ । मैले टिस्यूको मद्दतले पानीको धारा खोलेँ । आफ्नो हात धोएँ ।’

‘त्यसपछि पुनः बाहिर निस्कनका लागि कुहिनोले बाथरुमको ढोका खोलेँ र जब म फर्किएर टेबलमा आएपछि मलाई महसुस भयो कि मैले आफ्नो पाइन्ट त माथि नै सार्न बिर्सिएछु ।’ योसँगै उनले हाँसेको इमोजी राखेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्