‘कबिर सिंह’ को नेपाली रिमेकको लागि अडिसन मार्फत भए कलाकार छनौट



बलिउडमा सर्वाधिक कमाई गर्न सफल चलचित्र कबिर सिंह को लामो समयदेखि नेपाली रिमेक बन्ने भनिएको थियो । कबिर सिंह दक्षिण भारतीय फिल्म अर्जुन रेड्डी को हिन्दी भर्जन हो । अर्जुन रेड्डी लाई भन्दा पनि कबिर सिंह लाई दर्शकले औधी रुचाए । कबिर सिंह लाई नेपाली दर्शकले पनि असाध्यै मन पराए ।

अझ यो भनौँ कि कबिर सिंह को छाप दर्शकसम्म मात्र नभएर फिल्म मेकर्सलाई पनि पर्न गयो । यतिबेला कबिर सिंह को नेपाली रिमेकको लागि अडिसन मार्फत कलाकार छनौट भैरहेको छ । यो कुराको जानकारी निर्देशक विशाल सापकोटाले दिएका छन् । उनले नै कबिर सिंह को नेपाली भर्जनलाई निर्देशन गर्दैछन् ।

निर्देशक सापकोटाले भने अनुसार अडिसनको काम सकिसकेको छ । करिब ८०० जना अडिसन दिन आएकाबाट चलचित्रको कथा अनुसारको कलाकार छनोट भएको र केही दिनमा फिल्मका फाइनल कलाकार सार्वजनिक गरिने बताइएको छ ।

दक्षिण भारतीय फिल्मबाट राइट लिएर निर्माण हुन लागेको यो पहिलो नेपाली फिल्म हो । फिल्म युवा फिल्मस् प्रालिले निर्माण गर्न लागेको हो । यसले ‘कबड्डी’, ‘पुरानो डुङ्गा’ लगायतका चलचित्र यु।एस।एमा वितरण र ‘सफर’ निर्माण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्