नेपाली गीतसंगीतको सम्मान गर्दै युगान्डाकी गायिकाले गाइन् ‘फुटबुट्टे सारी’…(भिडियो सहित)



फुलबुट्टे सारी दर्शकमाझ सर्वाधिक लोकप्रिय गीत हो । यो गीतलाई मन नपराउने दर्शक सायदै होलान् । फुलबुट्टे सारी को मेल, फिमेल, लिजेन्डरी र चाइल्ड भर्सन रिलिज भैसकेको छ । हरेक भर्जनलाई दर्शकले निकै माया दिएका छन् ।

यो गीतले नेपालमा मात्र होइन विश्वभर नै तहल्का मच्चायो । नेपालीले मात्र नभएर विश्वका अन्य नागरिकले पनि यो गीतमा रियाक्ट गरेको भिडियो युट्युबमा प्रशस्त भेटिन्छ । यसैबिच गो गीतलाई युगान्डाकी गायिका दे क्वाप्टेन वियोन्स फमासीले यो गीत गाएकी छिन् ।

युटुबमा उनको स्वरलाई २ लाख पटक सुनिएको छ । टिकटकमा पनि उनको स्वर भाइरल भैरहेको छ ।

वियोन्सले भिडियोको सुरुवातमा विश्वका सबै सुन्दर मान्छेहरुका लागि गीत समर्पित गरेको उल्लेख गर्दै अझ विशेष रुपमा नेपालीका लागि गीत गाएको उल्लेख गरेकी छिन् । उनले नेपालीलाई ‘आई लभ यू’ समेत भनेकी छिन् ।

यस्तै वियोन्सको गीत सुनेपछि यस गीतको लिडेन्डरी भर्जन गाएका कलाकार मदनकृष्ण श्रेष्ठले उनलाई भेट्न चाहेको बताएका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफ्नो इच्छा जिकिर गरेका हुन् । साथै उनले वियोन्सलाई हामीले सम्मान गर्न आवश्यक रहेको पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्