‘द भ्वाइस अफ नेपाल’ सिजन ३ को पहिलो एपिसोड प्रशारण, के भन्छन् त दर्शक ?



अन्ततः दर्शकको प्रतिक्षा सकिएको छ । हिजोबाट द भ्वाइस अफ नेपाल सिजन ३ हिमालय टेलिभिजनमार्फत प्रशारणमा आएको छ । द भ्वाइस अफ नेपाल नेपालकै नम्बर १ रियालिटी शो हो । पहिलो सिजनदेखि नै दर्शकले द भ्वाइस अफ नेपाललाई असाध्यै रुचाएका छन् ।

द भ्वाइस अफ नेपाल सिजन ३ को पहिलो एपिसोड सार्वजनिक भएसँगै दर्शक यो शोप्रति अझै आकर्षित भएका छन् । हिजो प्रशारण भएको एपिसोडलाई युट्युबमा दर्शकको निकै राम्रो साथ मिलिरहेको छ । यसका साथै अधिकांशले हिजो प्रशारण भएको एपिसोडमा बाजुराका धमेन्द्र सुनारको प्रस्तुतीलाई सबैभन्दा बढी रुचाएका छन् ।

प्रतिक्रिया दिनुहोस्