कुनै समयमा अक्षयकी श्रीमती ट्वीकंलको प्रेममा थिए करण



बलिउडमा निर्देशक करण जौहर र नायिका ट्वीकंल खन्नाको दोस्तीको चर्चा बेला बेलामा भैरहन्छ । यी दुई बच्चाबेलादेखि एकअर्कालाई राम्रोसँग चिन्छन् । यी दुईले स्कुल पनि एउटै पढेका हुन् । त्यसैले यी दुईको दोस्ती निकै गहिरो मानिन्छ ।

हालैमात्र यी दुई एउटा विज्ञापनमा देखिएका छन् । यसैबिच करणले एक अन्तवार्तामा स्कुल पढ्दा आफूले ट्वीकंललाई निकै नै मन पराउने बताएका छन् । त्यतिमात्र नभएर करणले आफू विवाहित भएको भए ट्वीकंलसँगै विवाह भएको हुने पनि बताएका छन् ।

यता, खन्नाले पनि करणको बालापनको बारेमा कुराकानी गरेको थिइन् । उनले करण स्कुल पढ्दा बारम्बार स्कुलबाट भाग्ने कोसिस गर्ने र एकपटक समातिएको किस्सा पनि सुनाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्