‘ह्याप्पी बर्थ डे’ राजु लामा !



राजु लामा युवापुस्तामाझ सर्वाधिक लोकप्रिय गायक हुन् । उनलाई धेरैले मंगोलियन हार्ट भनेर भन्ने गरेका छन् । उनले तिमीलाई देखेर हिमाल हाँसेको, हल्ला चलेछ, पर्खाइमा लगायतका दर्जनौँ सुपरहिट गीत दिएका छन् ।

राजु द भ्वाइस अफ नेपाल का कोच पनि हुन् । आज उनै गायक राजु लामाको जन्मदिन रहेको छ ।

आज राजुको जन्मदिन भएकाले सामाजिक सञ्जालमा उनलाई शुभकामना दिनेको पनि ओइरो नै लागेको छ । हाम्रो तर्फबाट पनि राजुलाई जन्मदिनको धेरै धेरै शुभकामना ।

प्रतिक्रिया दिनुहोस्