नायिका केकी अधिकारीले गरिन् कपाल मुन्डन, फ्यानले दिए यस्तो प्रतिक्रिया…



युवापुस्तामाझ लोकप्रिय नायिका केकी अधिकारीले कपाल मुन्डन गरेकी छिन् । हिजो इन्ष्टाग्रामको स्टोरीमा एक भिडियो अपलोड गर्दै उनले दर्शकमाझ मुन्डन गरेको खुलाएकी छिन् ।

भिडियो देखिएको कपाल मुन्डन लुक्स उनको अहिलेसम्मकै भिन्न लुक्स पनि हो । आफ्नो यो लुक्स किन र केका लागि भने उनले केही बताएकी छैनन् ।

कपाल मुन्डनको विषय अभिनेत्री केकीसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । दर्शक भने केकीले किन कपाल मुन्डन गरिन् भनेर जान्नको लागि उत्साहित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्