दर्शकको उत्कृष्ट प्रतिक्रिया सहित युट्युब ट्रेण्डिङको शीर्ष स्थानमा पुष्प र साम्राज्ञीको ‘मारुनी’



गतबर्ष सिनेमा हलमा प्रदर्शनमा आएको साम्राज्ञी राज्यलक्ष्मी शाह र पुष्प खड्काको मुख्य भूमिका रहेको चलचित्र ‘मारुनी’ अन्ततः युट्युबमा रिलिज भएको छ । यो चलचित्र युट्युबमा हेर्नको लागि लामो समयदेखि दर्शकले प्रतिक्षा गरिरहेका थिए ।

महाशिवरात्रीको अवसर पारेर ‘मारुनी’ गत बिहिबार युट्युबमा रिलिज भएको हो । नवल नेपाल निर्देशित चलचित्र मारुनी लाई दर्शकले निकै नै रुचाइरहेका छन् । समिक्षात्मक रुपमा उत्कृष्ट प्रतिक्रिया पाएको ‘मारुनी’ ले हलमा औषत व्यापार गरेको थियो ।

‘मारुनी’ ले पुरूष भएर जन्मिएकी तर लिङ्ग परिवर्तन गरेर युवती बनेकी एक ‘ट्रान्सजेन्डर’ पात्रको प्रेमकथा भन्छ । फिल्म हेरेपछि दिमागबाट हट्न नसक्ने भनेको क्लाइमेक्स हो । फिल्मको क्लाइमेक्स परम्परागतभन्दा अलग छ । फिल्ममा पुष्प र साम्राज्ञीसँगै अभिनेत्री रेविका गुरुङले उम्दा अभिनय गरेकी छन् । सम्पदा बानियाँ, आयुष प्रधान, अर्जुन श्रेष्ठ, शंकर सेढाइको पनि फिल्ममा अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्