
चलचित्र ‘प्रकाश’ को मनकामना मन्दिर पुगेर शुभमुर्हत गरिएको छ । चलचित्रका कलाकार, प्राविधिकले मनकामना मन्दिर पुगेर पूजा गर्दै चलचित्रको शुभमुर्हुत गरिएको छ ।
चलचित्रको पूजा गरेसँगै यसको टिम छायांकनका लागि जुम्ला प्रस्थान गरेको छ । दिनेश राउतले निर्देशन गर्न लागेको चलचित्रमा प्रदिप खड्का, रेनु योगी, दिया मास्के लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।
यो चलचित्रले एक यूवकको सरकारी शिक्षक बन्ने सपनाको कथालाई भन्ने निर्माणपक्षले बताएको छ । बिनिष इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको चलचित्रलाई महेन्द्र अधिकारीले लगानी गर्न लागेका हुन् ।





