सम्बन्धविच्छेद हुदाँ निकै टुटेकी थिइन् मनिषा : भन्छिन्, ‘अब मेरो जीवनमा कुनै पुरुष आउने छैन’



मनिषा कोइरालाले आफ्नो पहिचान नायिकाको रुपमा मात्र नभएर एक शक्तिशाली महिलाको रुपमा बनाएकी छिन् । उनले आफ्नो जीवनमा आइपरेका संघर्षसँग डटेर सामना गर्ने गरेकी छिन् । मनिषाको जीवनमा निकै नै उदारचढाव आए । तर उनले आफूलाई कमजोर कहिल्यै बनाइनन् ।

धेरैलाई थाहा नै छ मनिषा अहिले एक्लो जीवन बिताइरहेकी छिन् । ९० की दशककी बलिउडकी निकै चर्चित अभिनेत्री मनिषा कोइराला पनि ती मध्ये एक हुन् जसको वैवाहिक सम्बन्ध टुटेको छ ।

मनिषाले सन् २०१० मा नेपालका व्यापारी सम्राट दाहालसँग विवाह गरेकी थिइन् । तर उनीहरुको विवाह २ बर्ष पनि टिक्न सकेन । विवाहको केही समयपछि नै मनिषा र उनका श्रीमानबिच खटपट हुन थाल्यो । जसका कारण उनीहरुले अलग बाटो रोजे ।

विवाहको ६ महिनापछि नै मनिषाले सोसल नेटवर्किङ साइट फेसबुकमा उनको सबैभन्दा ठूलो दुश्मन उनका श्रीमान् भएको र आफू उनीसँग बस्न नचाहेको लेखेकी थिइन् । यतिमात्रै होइन, दुई वर्षको विवाहमा उनीहरुबीचको मतभेद यदि बढ्यो कि उनीहरुले तत्काल आफ्नो विवाह समाप्त गर्ने बारे निर्णय गरे । यद्यपि, आफ्नो टुटेको विवाहमा मनिषाले एक अन्तरवार्तामा सम्बन्धविच्छेदका लागि उनी आफू नै जिम्मेवार भएको बताएकी छिन् ।

सम्बन्धविच्छेदबारे कुरा गर्दै मनिषाले त्यसबेला भनेकी थिइन्, मेरो विवाहको विषयमा भिन्न विचार थियो । म विवाह गर्न चाहन्थे र विवाहित जीवनमा रहँदा मलाई थाहा भयो कि म यसका लागि बनेकी होइन । यदि तपाई एक खराब सम्ब्न्धमा हुनुहुन्छ भने तपाई अलग्गिनु नै राम्रो हुन्छ । मेरो मनमा सम्राटप्रति कुनै तित्तता छैन । म हतारमा विवाह गरेकोमा आफैंलाई जिम्मेवार मान्छु । यो पूर्ण रुपमा मेरो गल्ती हो ।’

सम्बन्धविच्छेदको केहीसमय पछि मनिषाको स्वास्थ्य निकै बिग्रिएको थियो । उनलाई क्यान्सर भएको थियो । तर अहिले भने मनिषा पूर्ण रुपमा स्वस्थ छिन् । उनले अब भने आफ्नो भाग्यमा कुनैपनि पुरुष नभएको बताएकी छिन् । उनले अब कुनैपनि पुरुषलाई आफूलाई दुखी बनाउने अनुमति नदिने बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्