
साउथ चलचित्रका सर्वाधिक लोकप्रिय अभिनेता महेश बाबु अभिनयसँगै सामाजिक कार्यमा पनि अग्रसर छन् । महेश बाबुले हालैमात्र एक बच्चीको उपचार गराएर उनको ज्यान बचाएका छन् । योसँगै सामाजिक सञ्जालमा महेशको निकै तारिफ भैरहेको छ ।
महेशले आन्ध्राप्रदेशको केही अस्पतालमा आर्थिक कमजोरीमा रहेका बच्चाहरुको मुटुको सर्जरीमा मदत गरेका छन् ।
उनको मद्दतले अंकित भार्गव नामक एक बच्चाको ज्यान जोगिएको छ । बच्चाको उपचार र जोगिएको ज्यानको बिषयमा महेश बाबुकी पत्नी अभिनेत्री नम्रता शिरोडकरले सामाजिक सञ्जालमा तस्बिर सहित जानकारी गराएकी छन् ।





