
सनी लियोनी भारतकी सर्वाधिक लोकप्रिय नायिका हुन् । उनले आफ्नो पहिचान सुरुमा पोर्नस्टारको रुपमा बनाएकी थिइन् । उनले अहिले पोर्न दुनियाँ त्यागिसकेकी छिन् । तरपनि कतिपयले उनलाई अहिले पनि पोर्नस्टारको ट्याग दिने गरेका छन् ।
यसबाहेक आफ्नो निजी जिवनमा कारण पनि उनी चर्चामा आइरहेकी हुन्छिन् । उनले बलिउडमा बिगबोस सिजन ५ मार्फत पाइला चालेकी थिइन् ।
यो शोमा रहिरहँदा उनलाई अभिनेत्री, निर्माता तथा निर्देशक पुजा भट्टले फिल्म ‘जिस्म २’मा अनुबन्ध गराएकी थिइन् । सनीका लागि यो फिल्म ‘डेब्यू’ थियो ।
यो चलचित्रमा सनीले फिल्मका दुवै मुख्य कलाकारसँग निकै नै बोल्ड सिन दिएकी छिन् । तर उनले उक्त सिन दिनको लागि निकै नै अनौठो सर्त राखेकी थिइन् ।
कोईमोईमा प्रकाशित समाचारअनुसार सनीले बोल्ड दृश्य दिनका लागि रणदीप र अरुणोदयसँग एचआईभी परीक्षणको मेडिकल रिपोर्ट मागेकी थिइन् । उनले दुवै अभिनेताले रिपोर्ट देखाएमा मात्र आफू बोल्ड र रोमान्टिक दृश्य दिन तयार रहने बताएकी थिइन् ।
एक हिसाबले सनीको यो सर्त सही पनि थियो । यो कुराले त्यस सममया निकै नै चर्चा पाएको थियो । अहिले भने बढी समय आफ्नो परिवारलाई दिइरहेकी छिन् । उनी पछिल्लो समयमा चलचित्रमा त्यति देखिएकी छैनन् ।





