
कुनै समयकी सर्वाधिक चर्चित बलिउड अभिनेत्री उर्मला मातोडकर लामो समयदेखि फिल्म क्षेत्रबाट टाढा छिन् । सन् २०१९ मा राजनीतिमा प्रवेश गरेपछि दर्शकले अब उर्मिला फिल्ममा नफर्किने अड्कल लगाएका थिए ।
तर उर्मिलाले बलिउडमा कमब्याक गर्ने भएकी छिन् । भारतीय मिडिया अनुसार उनी चाडैँ नै नयाँ फिल्म लिएर दर्शकमाझ आउँदैछिन् । एक वेब सिरिजको तयारी गरिरहँदा कोरोना महामारीका कारण उनको उक्त काम रोकिएको थियो ।
‘मलाई लाग्छ कि अब बलिउडमा पुनः प्रवेश गर्नका लागि समय आइसकेको छ । जब म आफ्नो करियरको बारेमा सोच्दछु, तब मलाई दर्शकको हृदयमा पुनः स्थान बनाउन सक्छु भन्ने लाग्छ । मेरो अहिलेसम्मको करियर सानदार रह्यो । त्यहीकारण म अहिले तुरुन्तै यसको अन्त्य चाहन्नँ’, उनले भनेकी छन् ।





