
भारतमा कोरोनाको महामारी फेरि बढेको छ । कोरोना संक्रमित बढ्न थालेपछि सचेतना अपनाउन महाराष्ट्र सरकारले आग्रह गरिरहेको छ ।
यसैबिच बलिउडका सर्वाधिक चर्चित अभिनेता रणवीर कपुरमा पनि कोरोना पोजेटिभ देखिएको छ । उनलाई कोरोना पोजिटिभ देखिएको र उनी क्वारेन्टाइनमा रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
रणवीरका अंकल रणधीर कपुरले रणवीर विरामी भएको बताएका छन् । केही हप्ता अगाडि मात्र रणवीरकी आमा नीतु कपुरलाई पनि कोरोना पोजिटिभ भएको थियो ।





