
दिपिका पादुकोण बलिउडकी सर्वाधिक लोकप्रिय अभिनेत्री हुन् । सिनेमा क्षेत्रमा उनको योगदान तारिफयोग्य छ । उनै दिपिकाले सिनेमा क्षेत्रमार्फत समाजमा पुर्याएको योगदान बापत २०२१ को भराइटी इन्टरनेशनल वुमन इम्प्याक्ट रिपोर्टमा उनको नाम समावेश छ । विश्व चर्चित भेराइटी म्यागेजिनले अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा विश्भरका प्रभावकारी व्यक्तिहरुको सूचीसहित रिपोर्ट तयार गर्ने गरेको छ ।
यसै रिपोर्टले परापकारी काममा भाग लिएकोमा दिपिकाको निकै प्रशंसा गरेको छ । एक समयमा दिपिका डिप्रेशनसँग जुधिरहेकी थिइन् । तर उनले आफ्नो करियरमा ब्रेक लगाइनन् । आफूलाई मानसिक तनाव भैरहदाँ पनि उनले निरन्तर चलचित्र क्षेत्रमा काम गरिरहिन् ।
दीपिकाका विषयमा भेराइटीको रिपोर्टमा लेखिएको छ, ‘बलिउड स्टार पादुकोणले एसिड हमलाबाट बाँचेकी महिलाका विषयमा एक सामाजिक फिल्म ‘छपाक’ निर्माण तथा अभिनय गरेकी छिन् ।’
आफ्नो यात्राका विषयमा भेराइटी म्यागेजिनसँग कुराकानी गर्दै दीपिकाले भनेकी छिन्, ‘भाग्यवस्, मैले बजेट वा अन्य कारणहरूले कुनै पनि फिल्म खेल्ने निर्णय लिनु परेन । मैले फिल्म खेल्ने निर्णय आफ्नो जीवनमा म भावनात्मक रुपले कहाँ छु भन्ने विषय गर्छ । मेरा सबै रोजाई यही कुराले गर्छ ।’





