आकाशले भने– ‘पूजाले गाली खानु भनेको मैले गाली खानु जस्तै हो’



नायिका पूजा शर्मा र आकाश श्रेष्ठको मित्रता चलचित्र जगतमा उदाहरणीय मानिन्छ । यी दुईले सधैँ एकअर्काको साथ दिने गरेका छन् । चलचित्र बजारमा यी दुईबिच प्रेम रहेको पनि बताइन्छ । तर पूजा र आकाशले भने सधैँ नै आफूहरु एकअर्काको मिल्ने साथी मात्र भएको बताउँदै आएका छन् ।

यी दुइका अनुसार, उनीहरु महिनामा २९ दिन बोल्दैनन् । उनीहरुको कुनै न कुनै बहाना झगडा पर्छ । तर, पनि यो जोडीको मित्रता बलियो छ भने दर्शकले पनि उनीहरुलाई अत्याधिक प्रेम दिएका छन् ।

केहीदिन अघिमात्र दिएको एक अन्तवार्तामा पूजाले आकाशसँग उनको कुरै नमिल्ने र धेरै झगडा परिरहने बताएकी थिइन् । यसपछि उनीहरुका फ्यानलाई कतै पूजा र आकाशको झगडा त भएको होइन भनेर डर लागेको थियो । तर आकाश र पूजाले यो कुराबारे जवाफ दिएका छन् ।

उनले पूजा र उनीबिच कुनैपनि मनमुटाव नरहेको स्पष्ट पारेका छन् । तर, शनिबार आयोजना भएको ‘नेपाली म्यूजिक भिडियो अवार्ड’मा एकसाथ पुगेका पूजा र आकाशले आफूहरुको मनमा कुनै पाप नभएको बताए । उनीहरुले आफूहरु स्पष्ट बोल्ने भएकाले पनि कहिलेकाही नकारात्मक टिप्पणी आउने गरेको सुनाए ।

आकाशले भने–‘पूजाले गाली खानु भनेको मैले नै गाली खाए जस्तो हो । अनी, पूजाले माया पाउनु भनेको मैले माया पाए जस्तै हो । हामी जे कुरा हो, अन्तरवार्तामा पनि त्यही बोल्ने गर्दछौ ।’ पूजाले भने आकाशले आफ्नो फोन नउठाएकाले अन्तरवार्तामा पनि सोही रिस पोखेको तर्क गरेको बताइन् ।

पूजा र आकाशको यो प्रतिक्रियापछि भने उनीहरुका फ्यान निकै खुसी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्