
‘देखेर तिमीलाई हेरेर तिमीलाई’… दर्शकश्रोतामाझ असाध्यै लोकप्रिय गीत हो यो । यो गीत हिट मात्र भएन, यस गीतका गायक सुजन चापागाई पनि स्टार बनाइदियो । अहिले बजारमा उनको डिमाण्ड धेरै छ । तिनपाते पछि उसले निकालेका ‘गाला पुक्क’ र ‘लजाएर’ पनि दर्शकले साह्रै रुचाए ।
लामो समयदेखि संगीतमा भविष्य खोजिरहेका सुजन छोटो समयमा दर्शकबाट पाएको माया देखेर निकै खुसी छन् । आज उनै गायक सुजन चापागाईको जन्मदिन रहेको छ । आज सुजनको जन्मदिन परेकाले उनलाई शुभकामना दिनेको ओइरो नै लागेको छ ।
हाम्रो तर्फबाट पनि सुजनलाई जन्मदिनको धेरै धेरै शुभकामना ।





