प्रियंका र निकले खोले न्यूयोर्कमा भारतीय रेष्टुरेन्ट



बलिउड तथा हलिउडकी समेत चर्चित नायिका प्रियंका चोपडाले अब अभिनयसँगै व्यापार बिजनेशमा पनि आफ्नो व्यस्तता बढाउने भएकी छिन् । उनले हालैमात्र न्यूयोर्कमा भारतीय रेष्टुरेन्ट खोलेकी छिन् ।

यो कुराको जानकारी स्वयम प्रियंकाले सामाजिक सञ्जालमार्फत दिएकी हुन् । प्रियंकाले स्टाटस लेख्दै भनेकी छिन्, म ताईहरु समक्ष सोना पेश गर्न पाउँदा निकै खुसी छु । न्यूयोर्कमा एउटा नयाँ रेष्टुरेन्ट जहाँ मैले भारतीय खानाप्रति आफ्नो प्रेम पस्किएकी छु । भारतीय खानाको स्वाद र फ्लेवर्स सोनामा छ । शेफ हुन् हरी नायक, जो निकै प्रभावशाली छन् जसले उत्कृष्ट मेन्यू तयार गरेका छन् । तपाईलाई मेरो शानदार देशको यात्रामा लिएर जाँदैछु । सोना यो महिनाको अन्त्यसम्म खोलिनेछ र त्यहाँ तपाईहरुलाई हेर्न म प्रतिक्षा गर्न सक्दिन । यो कोशिस मेरा साथीहरु मनिष गोयल र डेविड रेबिनको नेतृत्व बिना सम्भव हुने थिएन । यो सोचलाई यति स्पष्टतासँग साकार गर्नका लागि हाम्रा डिजाइनर मेलिसा बोवर्स र अन्य समूहलाई धन्यवाद ।

प्रियंकाले आफ्नो रेष्टुरेन्ट सोनाको झलक पेश गर्दै अन्य दुईवटा तस्बिर पनि सेयर गरेकी छिन् । दोस्रो र तेस्रो तस्बिरमा उनी पूजा गरिरहेको देखिएकी छिन् । उनी पोस्टमा थप्छिन्, ‘दोस्रो र तेस्रो तस्बिर सेप्टेम्बर सन् २०१९ मा लिइएको थियो जब हामीले यो ठाउँमा एउटा सानो पूजा गरेका थियौं ।’

प्रियंकालाई यतिबेला सबैले बधाई दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्