भव्य बिहे गर्न डराउँछिन् जान्हवी, यस्तो छ कारण…



जान्हवी कपुर पछिल्लो समयमा बलिउडमा डिमाण्ड रहेकी नायिका हुन् । उनै जाहन्वी यतिबेला सामाजिक सञ्जालमा चर्चामा छिन् । उनले हालैमात्र भारतीय मिडियालाई दिएको एक अन्तवार्तामा आफूलाई भव्य बिहे मन पर्ने बताएकी छिन् । आजभोली सबैलाई भव्य बिहे नै मनपर्छ । अझ सेलिब्रेटी त आफ्नो बिहेलाई सकेसम्म भव्य बनाउन कोशिस गरिरहेका हुन्छन् । यस्तोमा जाहन्वीले भव्य बिहे मन पर्दैन भन्दा उनका फ्यान खुसी भएका छन् ।

जाहन्वीले मिडियासँग भनिन्, मसँग बिहे कस्तो र कहाँ गर्ने भन्ने विषयमा सुरुवातदेखि नै स्पष्ट तस्बिर छ । म तिरुपतिमा बिहे गर्न चाहन्छु । यो निकै मिठो सम्बन्ध हुनेछ । म बिहेमा सुन, सारी लगाउनेछु । मेरा कपाल निकै नै कर्ली हुनेछन् । मेरो हुनेवाला श्रीमान लुंगीमा सहभागी हुनेछन् र हामी केराको पातमा खाना खानेछौँ ।

जान्हवीले आफूलाई ठूलो खर्च गरेर तामझामका साथ गरिने बिहे मन नपर्ने बताउँदै भनिन्–‘जब यस्तो ठूलो कार्यक्रममा सबैको ध्यानको केन्द्र भइन्छ, यसले मलाई डर लाग्छ । यस्तो कार्यक्रममा सहभागी हुन मज्जा हुन्छ । तर, आफू नै सबैको ध्यानमा रहँदा मलाई डर लाग्छ ।’

जान्हवीले तिरुपतिमा विवाह गर्न चाहन्छुको पनि कारण भएको बताएकी छिन् । उनले एकपटक आफ्नो आफन्तको बिहेमा तिरुपति जादाँ निकै रमाइलो भएकाले आफ्नो बिहे पनि त्यहि पवित्र स्थानमा होस् भन्ने आफूले चाहेको बताएकी छिन् । जाहन्वीको यस्तो प्रतिक्रियापछि उनका फ्यानहरु अहिलेदेखि नै उनको विवाहको लागि उत्साहित भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्