बन्द हुदैँ सर्वाधिक लोकप्रिय रियालिटी शो ‘इण्डियन आइडल’ !



‘इण्डियन आइडल’ भारतीय टेलिभिजनको सर्वाधिक चर्चित रियालिटी शो हो । यतिबेला ‘इण्डियन आइडल’ को सिजन १२ चलिरहेको छ ।

सिजन १ देखि ११ सम्म आइपुग्दा यो शो को लोकप्रियता कत्तिपनि कम भएको थिएन । तर सिजन १२ ले अन्य सिजनहरुले झैँ टिआरपी पाउन नसकेपछि शो अब बन्द गर्न लागिएको खबर सामाजिक सञ्जालमा आइरहेको छ ।

भारतीय मिडिया अनुसार मार्च अन्तिमसम्ममा ‘इण्डियन आइडल’ सिजन १२ बन्द गराई सुपर डान्स्र च्याप्टर ४ ल्याउने तयारी सोनी टिभीले गरिरहेको छ ।

शो ले पाएको कम टिआरपीका कारण यो शो तोकिएको समयभन्दा छिट्टै सिध्याउने लागिरहेको बताइएको छ । यद्यपि ‘इण्डियन आइडल’ का निर्माताले भने यसबारे कुनैपनि स्पष्टिकरण दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्