सुशान्तको आत्महत्यापछि रियाको करियरमा लाग्यो ठूलो धक्का, यस्तो छ कारण…



सन् २०२० मा सर्वाधिक चर्चामा रहिन् बलिउड अभिनेत्री रिया चक्रवर्ती । कारण, सुशान्त सिंह राजपुतको आत्महत्या । स्वर्गीय अभिनेता सुशान्त सिंह राजपुतकी पूर्व प्रेमिका हुन् रिया चक्रवर्ती । गतबर्ष जून १४ मा मुम्बईस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका थिए सुशान्त । सुरुमा त सुशान्तको मृत्युको कारण नेपोटिज्मलाई मानियो पछि भने रियाका कारण सुशान्तले सुसाइड गरेको पनि बताइयो ।

हुन त सुशान्तको मृत्युको वास्तविक कारण अहिलेसम्म खुल्न सकेको छैन । तर नायिका रिया चक्रवर्तीको करियरमा भने ठूलो धक्का लागेका ेछ ।

सुशान्तको निधनपछि रियालाई उनको हत्याको आरोप लाग्यो । उनीविरुद्ध हत्याको आरोपसँगै लागुऔषध दुव्र्यसनीको समेत मुद्दा लाग्यो । उनी जेल समेत गइन् । उनी लामो समय सामाजिक सञ्जाल र फिल्म क्षेत्रबाट टाढा रहिन् ।

सामाजिक सञ्जालमा आएका अफवाहका कारण भनौँ वा जेल गएका कारण फिल्ममा तोकिएको भूमिकाबाट रियालाई निकालियो ।

त्यतिमात्र नभएर उनी सुपरस्टार अमिताभ बच्चनसँग फिल्म ुचेहरेुमा थिइन् । फिल्मको शुटिंग पनि भएको छ । तर फिल्मको पोस्टरमा भने रियाको कुनै पनि तस्बिर देखाइएको छैन । इमरान हाशमी र क्रिस्टल डिसूजाको तस्बिर देखाइएको छ भने रिया गायब छिन् ।

यसले रियाको आगामी फिल्मी करियर पनि धरापमा जाने देखिएको छ । यद्यपि यसबारे अहिलेसम्म रियाले भने कुनैपनि प्रतिक्रिया दिएकी छैनन् ।

प्रतिक्रिया दिनुहोस्