सैफसँग डिभोर्स भएपछि आमा अमृताले भोग्नु परेको पिडा सम्झेर भावुक भइन् सारा



साराअली खान बलिउडकी सर्वाधिक चर्चित अभिनेत्री हुन् । स्टारकिड्सको रुपमा यो क्षेत्रमा स्थापित भएकी उनले अहिले आफ्नो छुट्टै स्थान बनाइसकेकी छिन् । अहिले उनको पिताको स्टारडमलाई हेरेर होइन, उनको मेहेनत र अभिनयलाई हेरेर निर्माता निर्देशकले चलचित्रको लागि अफर गर्ने गर्छन् ।

पिता सैफअली खान र आमा अमृता सिंहको डिभोर्स भएपछि सारा र उनका भाई इब्राहिम आमासँगै बस्छन् । सारा आफ्नी आमासँग निकै नजिक छिन् । कहिले काहिँ मिडियामा आफ्ना आमाबुबाको सम्बन्धबारे नडराई बोल्ने गर्छिन् सारा । यसैबिच केहीदिन अघिमात्र दिएको एक अन्तवार्तामा उनले सैफसँग डिभोर्सपछि आमा अमृताले निकै नै पिडा सहेको बताइन् ।

उनले भनिन्, ‘हाम्रो समाजमा डिभोर्स भैसकेकी महिलालाई हेर्न दृष्टिकोण नै अर्कै छ । मेरी आमाले पनि पिता सैफसँग डिभोर्स भएपछि मानिसका नानाथरी प्रश्नको सामना गर्नुपर्यो । तर मेरी आमाले कहिल्यै हिम्मत हारिनन् । जसले जति आरोप लगाएपनि राम्रोसँग हामीलाई शिक्षादिक्षा र राम्रो संस्कार दिनुभयो । आमा धेरैपटक पिडा सहन नसकेर रोएको पनि देखेकी छु मैले तर हामीलाई सधैँ आफ्नो शिर उच्च बनाएर हिड्न सिकाउनुभयो । मेरो आमा मेरो सबैभन्दा ठूलो शिक्षक र प्रेरणाको स्रोत हुनुहुन्छ ।’

सारा यी कुरा भनिरहँदा केही भावुक पनि भएकी थिइन् । हुन त उनको पिता सैफसँग पनि नराम्रो सम्बन्ध छैन । करिनाले पनि सारालाई साह्रै माया गर्ने गरेकी छिन् । तर सारा सानैदेखि आमासँग बसेर होला उनलाई नै धेरै माया गर्ने बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस्