कुनै समयमा यी विवाहित अभिनेतासँग गहिरो प्रेममा थिइन् प्रियंका…



बलिउडदेखि हलिउडमा समेत आफ्नो बलियो स्थान बनाइसकेकी अभिनेत्री प्रियंका चोपडा सामाजिक सञ्जालमा छाइरहने सेलिब्रेटी हुन् । बेला बेलामा सामाजिक सञ्जालमा उनको चर्चा धेरै हुने गरेको छ । विशेष आफूभन्दा १० बर्ष कान्छा प्रेमी निक जोनससँग विवाह गरेकी प्रियंकाको धेरै चर्चा उनीसँगै नाम जोडिएर हुने गरेको छ ।

निक प्रियंकाका पहिलो प्रेम होइनन् । निकभन्दा अगाडि धेरैसँग प्रियंकाको प्रेम थियो । ती मध्येका एक बलिउडका सर्वाधिक चर्चित अभिनेता अक्षय कुमार पनि हुन् । एक समय बलिउडमा अक्षय र प्रियंकाको प्रेमले तहल्का नै मच्चाएको थियो । ट्वीङ्कलसँग विवाह भैसकेपछि अक्षय प्रियंकासँग नजिकिएका थिए । यी दुईले निकै बोल्ड फोटोसुट समेत गरेका थिए । तर यी दुईको बिचमा ट्वीङ्कल आइन् ।

आफ्नो वैवाहिक जीवन बचाउन ट्वीङ्कलले अक्षयलाई प्रियंकासँग चलचित्रमा काम गर्न नै बन्देज लगाइदिइन् । त्यसपछि अक्षयले प्रियंकासँग दुरी बनाएका थिए ।

यसका साथै, प्रियंकाको नाम शाहरुख खान, जेरार्ड बटलर र शाहिद कपूरसँग पनि जोडियो । तर, यी अभिनेताहरुसँग उनको अफेयर चलेको हल्ला मात्रै हो वा वास्तवमै सम्बन्धमा रहेका थिए त्यो भने कसैले खुलेर बताएनन् ।

प्रतिक्रिया दिनुहोस्