पल र उषाको ‘यस्तो माया’…



पल शाह र उषा उप्रेतीको जोडी पछिल्लो समयमा म्यूजिक भिडियोमा निकै रुचाइएको छ । यी दुईले पहिलो पटक माया गरौला गीतमा एकसाथ काम गरेका थिए । त्यहिबाट नै फ्यानले यी दुईको केमेष्ट्रि औधी रुचाएका हुन् । पल र उषा पनि एकअर्कासँग काम गर्न सहज हुने बताउँदै आएका छन् ।

यसैबिच पल र रियाशाको नयाँ गीत बजारमा हालैमात्र रिलिज भएको छ ।

निशा शर्माको शब्द र दिपक शर्माको संगीत रहेको यस्तो माया बोलको गीतमा प्रताप दास र बेनिशा पौडेलको आवाज रहेको छ । गीतमा पल र उषा फिचर्ड रहेका छन् । निकै नै मिठो गीतलाई विधान कार्कीले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्